१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


कारागारबाट भागेका कैदीको तीव्र खोजी


10.296k
Shares

काठमाडौं । बर्दियाको गुलरिया कारागारबाट भागेर फरार भएका अजित बुढाक्षेत्रीको खोजीका लागि साढे दुई सय सुरक्षाकर्मी परिचालन भएका छन् ।

गुलरिया कारागारबाट तीन दिनअघि कारागारको पर्खाल नाघेर फरार भएका ३० वर्षीय ‘भाइ नाइके’ अजितको खोजी गर्न दैनिक साढे दुई सय सुरक्षाकर्मी परिचालन भइरहेको प्रहरीले जनाएको छ ।

फरार कैदी अजितको खोजी गर्न एक सय ५० जना नेपाल प्रहरीबाट र एक सय सशस्त्र प्रहरीबाट दैनिक परिचालित भएको बताइएको छ । उनको खोजीका लागि तालिम प्राप्त कुकुर पनि प्रयोग गरिएको छ ।

फरार अजित कर्तव्य ज्यान मुद्दामा ३० वर्षको सजाय पाएका कैदी हुन् ।