१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


विद्यमान ऐन नियममा सुधार सहितको कार्ययोजना बनाउन लेखा समितिको निर्देशन


247
Shares

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बेरुजु फछ्र्यौट, विद्ययमान ऐन नियममा सुधार र प्रतिवद्धता सहितको कार्ययोजना बनाउन सचिवालयलाई निर्देशन दिनुभएको छ ।

मंगलवार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सभापति पोखरेलले यस्तो निर्देशन दिनुभएको हो । सभापति पोखरेलले समितिको अर्को बैठकमा प्रस्तुत गर्ने गरी बेरुजु फछ्र्यौट, विद्ययमान ऐन नियममा सुधार र प्रतिवद्धता सहितको कार्ययोजना बनाउन समिति सचिवलाई निर्देशन दिनुभयो । उहाँले सचिवालयले कार्ययोजना बनाउँदा समितिमा उपसमिति निर्माण गर्दा नीतिको आधारमा निर्माण गर्ने गरी बनाउन आग्रह गर्नुभयो ।

सभापति पोखरेलले उहाँले उपसमितिमा तत्काल रिटायर्ड मन्त्री, लगातार एउटै उपसमितिमा बसेर काम गर्ने सदस्यहरु र पेशा व्यवसाय मिल्ने सांसदहरुलाई नराख्न आग्रह गर्नुभयो । उहाँले समितिका २७ जना सांसदहरुले काममा गति दिनसके मात्रै समितिको काम प्रभावकारी हुनसक्ने बताउनु भयो । उहाँले समितिले गर्ने निर्णयहरुमा सर्वसहमति गर्ने प्रयास गर्ने बताउनु भयो । उहाँले समितिले तत्काल बेरुजु,महालेखा र लेखा उतरदायीहरुको बीचमा अन्तरसंवाद र लेखा समितिका सदस्यहरु र सचिवालयको क्षमता अभिवृद्धि गर्ने अनिर्वाय आवश्यकता रहेको बताउनु भयो ।

उहाँले समितिले तत्काल बेरुजु लगायतका विषयमा उपसमितिहरु बनाएर काम अगाडि बढाउने बताउनु भयो । उहाँले समितिमा पर्ने उजुरीहरुको समितिमा छलफल हुने तर अध्ययन अनुसन्धान नगर्दा परिणाम आउन नसक्ने अवस्था रहेको भन्दै आगामी दिनमा समिति सदस्यहरुले अध्ययन गर्न आवश्यक रहेको बताउनु भयो ।