
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव एवं सांसद पृथ्वीसुब्बा गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अझ शक्तिशाली बनाउन सरकारसँग माग गर्नुभएको छ ।
सबै निकायमाथि अनुसन्धानको कामलाई अघि बढाउन तथा मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न पनि अख्तियारजस्ता नियमक निकायलाई अझै सशक्त र प्रभावकारी बनाउनुपर्ने सांसद गुरुङले तर्क थियो ।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गुरुङले राष्ट्रिय सुरक्षा र सीमासम्बन्धि ऐन बनाउन पनि राज्य व्यवस्था तथा सुशासन समितिले तत्काल पहल गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो । उपमहासचिव गुरुङले संविधानको मर्म र भावना अनुसार सीमासम्बन्धि कानून निर्माण गर्न सरकारले ढिलाई गर्न नहुने बताउनुभयो ।
उपमहासचिव गुरुङले सबै दलहरुको एकतावद्ध प्रयासबाट मात्रै मुलुकको राज्य व्यवस्थालाई बलियो बनाउन सकिने पनि स्मरण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्