२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अशक्तलाई घरमै नागरिकता वितरण गर्दै बर्दिया


195
Shares

बर्दिया । जिल्ला प्रशासन कार्यालय गुलरियाले अशक्तलाई घरदैलोमै नागरिकता वितरण सुरु गरेको छ ।

प्रशासनले बर्दियाका विभिन्न अवस्थाका अशक्तलाई घरदैलोमै नागरिकता वितरण सुरु गरेको हो ।

जिल्ला तथा इलाका प्रशासन कार्यालय आउनजान नसक्नेलाई नागरिकता तथा अन्य सेवा आवश्यक परेमा घर दैलोमै उपलब्द्ध गराइने बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले जानकारी दिनुभयो ।