
काठमाडौं । अमेरिकाको संसद भवनमा भएको आक्रमण र दंगाकाका मुख्य योजनाकार मध्येका एक हेनरी एनरिके टारियोलाई २२ वर्षको जेल सजाय सुनाईएको छ ।
अमेरिकाको वाशिङटन संघीय अदालतले टारियोलाई देशद्रोह, षडयन्त्र र अमेरिकामा गृहयुद्ध फैलाउने खोजेको अभियोगमा दोषी ठहर गर्दै २२ वर्षको जेल सजाय तोकेको हो ।
३९ वर्षिय टारियो घटनाका बेला वासिङटनमा नरहेता पनि उक्त दंगाको मुख्य योजनाकारको रुपमा रहेको पुष्टी भएपछी जेल सजायँ दिइएको हो । सन् २०२१ को जनवरी ६ मा भएको क्यापिटल दंगामा टारियोको योजनामा ‘द प्राउड ब्वाइज’ नामको कट्टरबादी समुह बनाई आक्रमण गरिएको खुलेको छ ।
घटननामा ११ सय जना पक्राउ परेका थिए । टारियोले मुद्दाको सुनुवाईको क्रममा सुरक्षाकर्मी र वाशिङटन डीसीका बासिन्दासँग भावुक भई माफी मागेका थिए । अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले अमेरिकी राष्ट्रपति निर्वाचनलाई संसदले अनुमोदन गर्ने दिन चुनावी परिणाम उल्टाउन आक्रमण गरेका थिए ।
अमेरिकी इतिहासमा लोकतन्त्रविरुद्ध गरेको आक्रमणमा यति लामो समयको सजाय दिइएको यो पहिलो पटक हो ।
प्रतिक्रिया दिनुहोस्