
काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एन.एन.आइ.पि.ए) को अध्यक्षमा दिपक श्रेष्ठले निरनतरता पाएका छन् ।
काठमाडौं । मंगलबार भएको संघको साधारण सभाले श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । श्रेष्ठ दक्षिण एसियाली खेलकुद (साग)मा कराँतेतर्फ नेपाललाई दुई पटक स्वर्ण पदक जिताएका खेलाडी हुन् ।
उनी हाल राष्ट्रिय कराँते टोलीको प्रशिक्षकको रुपमा कार्यरत छन् । मंगलबारको साधारण सभा तथा निर्वाचनले अध्यक्षमा श्रेष्ठलाई निरन्तरता दिँदै दुई वर्षका लागि १५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
संघको उपाध्यक्षमा आयशा शाक्या र दीपक थापा, महासचिवमा शिवसुन्दर गोथे, सचिवमा मन्डेकाजी श्रेष्ठ र कोषाध्यक्षमा आङबाबु लामा चुनिएका छन् ।
दीपक बाहेक अघिल्लो कार्यसमितिमा सबै अहिलेकै जिम्मेवारीमा थिए । दीपक अघिल्लो कार्यसमितिमा सदस्य थिए । सदस्यमा बास्केटबलका सदीश प्रधान, फुटबलका विकेश कुथु, उसुकी जुनी राई, बक्सिङका अजित गुरुङ, फेन्सिङका सन्जिव लामा, टेबल टेनिसका पुरुषोत्तम वज्राचार्य, सुटिङकी फुलमाया क्याप्छाकी, भलिबलका मानबहादुर श्रेष्ठ र जुडोका सन्जिव डंगोल चयन भए ।
एक उपाध्यक्ष र तीन सदस्यको मनोनयनपछि केन्द्रीय कार्यसमितिले पूर्णता पाउनेछ ।
प्रतिक्रिया दिनुहोस्