१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


प्रसुति गृहको वार्षिकोत्सव मनाईयो


234
Shares


काठमाडौं । नेपालको पुरानो मध्येको अस्पताल प्रसुती गृहले स्थापनाको ६४औं वार्षिकोत्सव मनाएको छ ।

विसं २०१६ सालको श्रीकृष्ण जन्माष्टमीको परोपकार ईन्द्र राज्यलक्ष्मी देवी प्रसुती गृह स्थापना गरिएको थियो । ४० शैयाबाट शुरु गरिएको अस्पताल अहिले ४ सय ८९ शैयाबाट सेवा प्रवाह गरिरहेको छ ।

अस्पतालमा आज आयोजित कार्यक्रममा अस्पतालमा २५ वर्ष सेवा पुरा गरेका कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । कार्यक्रममा अस्पतालमा थपिएका सेवा सुविधाको विषयमा पनि जानकारी दिइएको थियो ।