
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सरकार मानव बेचबिखन नियन्त्रणमा सक्रिय रहेको बताउनुभएको छ ।
बुधवार मानव बेचबिखन बिरुद्धको सत्रौँ राष्ट्रिय दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आचार्यले सरकार मानव बेचबिखन नियन्त्रणमा पूर्ण रुपले सक्रिय रहेको बताउनुभएको हो । उहाँले मानव बेचबिखन नियन्त्रणका लागि सम्बन्धित सरोकारवालाहरुसँग हातेमालो गरेर काम गर्न पनि सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले सामुहिक प्रयासबाट मात्रै मानव बेचबिखनको समस्या समाधान हुने बताउनु भयो । सरकारले यस सन्दर्भमा विभिन्न गतिविधिहरु गर्दै आइरहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भारतसँगको खुला सीमाना, गरिबी, नागरिकको न्युन सचेतना स्तर र मानव बेचबिखनको बदलिँदो प्रवृत्तिका कारण समस्याहरुको समाधान अपेक्षित रुपमा भने हुन नसकेको बताउनु भयो । मन्त्री आचार्यले सामाजिक सञ्जालको दुरुपयोग र वैदेशिक रोजगारको बढ्दो प्रवृत्तिका कारणपनि समस्याहरु देखा परिरहेका उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्