
काठमाडौं। आजको लागि तय गरिएको वाग्मती प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ ।
आज दिउँसो १ बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको अर्को बैठक यही भदौ २४ गते दिउँसो १ बजे बस्नेछ ।
यसअघि गत असार २२ गते प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेसँगै अनिश्चितकालका लागि स्थगित भएको बैठक दुई महिनापछि बस्ने तय गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्