१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एसिया कप खेलेर राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता, भव्य स्वागत


1.079k
Shares

काठमाडौं । पाकिस्तान र श्रीलंकामा जारी एसिया कप–२०२३ खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ ।

क्रिकेट टोली श्रीलंकन एयलाइन्सबाट आज दिउँसो स्वदेश फर्किएको हो । टोलीलाई त्रिभुवन विमानस्थलमा बाजागाजासहित भब्य स्वागत गरिएको छ । टोलीलाई विमानस्थलमा सशस्त्र प्रहरीको ब्याण्डले बाजागाजासहित स्वागत गरेको हो । खेलाडीहरुको स्वागत गर्न सयौँ समर्थक राष्ट्रिय झण्डासहित विमानस्थल पुगेका थिए ।

एसिया कपमा पहिलो पटक छनोट भएको नेपाली टिमले प्रतियोगिताको दुवै खेलमा हार व्यहोरेको छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धाको अवसर पाएको थियो । तर,नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ र दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भयो ।

नेपालले प्रतियोगिताको पहिलो खेल पाकिस्तानको मुल्तानमा र दोस्रो खेल श्रीलंकाको क्यान्डीमा खेलेको थियो । तर,पहिलो अवसरमै नेपालले टोलीले गरेको प्रर्दशनको उच्च प्रशंशा भईरहेको छ ।