१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


बर्दियामा मानब बेचबिखनविरुद्ध प्रभातफेरी


91
Shares

बर्दिया । मानव बेचबिखनविरुद्धको १७ औं राष्ट्रिय दिवसको अवसरमा बर्दियाको गुलरियामा प्रभातफेरी निकालिएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दिया नजिक गणेशमान चोकबाट निकालिएको र्‍याली पुरानो हुलाक कार्यालय, राधाकृष्ण चोक हुँदै शहीद चोकमा पुगेर सभामा परिणत भएको थियो । मानव बेचबिखन तथा ओसारपसार जिल्ला समिति बर्दिया, नगरसमिति गुलरिया, माईती नेपाललगायत जनप्रतिनिधि, सरोकारवाला संघसंस्था, सुरक्षाकर्मी, कर्मचारी, पत्रकारसहितको टोली प्रभातफेरिमा सहभागी थिए । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर बिष्टले बेचबिखनका विरुद्ध जिल्लाबासीलाई एक हुन आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले सबैको सहयोगले पछिल्लो समय मानव बेचबिखनको कार्य घट्दै गएको दावी गनुृभयो । उहाँले बेचबिखन नियन्त्रण गर्न नागरिकसहितको पहल अपरिहार्य रहेको बताउनु भयो । माइती नेपालकी संयोजक गायत्री रिमालले बेचबिखन रोक्न सीमा क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।