२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


एमाले र एकीकृत समाजवादीमा जान सक्छु : वामदेव गौतम


1.027k
Shares

काठमाडौं । बामपन्थी नेता वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्ने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता गौतमले आफू नेकपा एमाले र नेकपा (एकीकृत समजवादी) पार्टीमा जानसक्ने तर नेकपा (माओवादी केन्द्र) मा जान नसक्ने बताउनुभएको हो । उहाँले जनयुद्ध कालमा राम्रा काम पनि भएका र नराम्रा काम पनि भएको भन्दै नेता गौतमले प्रधानमन्त्री दाहालले जनयुद्धका पीडितका घरघरमा पुगेर माफी माग्न नगएसम्म आफू माओवादीको पार्टी सदस्यता लिन नसक्ने स्पष्ट पार्नुभयो ।

राजनीतिक व्यक्तिको हत्या गर्नु माक्र्सवाद नभइ गल्ती भएको नेता गौतमले जिकिर छ । नेता गौतमले नेकपा एमालेले ७० वर्षे उमेरहद नहटाएको दाबी गर्नुभयो । उहाँले उमेर हद संविधानको धारा २४ को विरुद्धमा रहेकोले हट्नैपर्ने बताउनुभयो ।

समाजवाद ल्याउने घोषणा गरेर निर्वाचनमा गएका पार्टीहरुमा पुँजीवाद भन्दा अरु केही नरहेको जिकिर गर्नुभयो । पार्टीको केन्द्रिय कमिटीको बैठकले प्रधानमन्त्री स्वयंले नै एमसीसीको व्याख्यात्मक टिप्पणीमाथि प्रश्न उठाउनुले धेरैकुरा शकाको घेरामा आएको निस्कर्ष निकालेको छ ।