
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार बिहान निधन भएको छ ।
भाइरल निमोनियाका कारण ग्राण्डी अस्पतालमा उपचार गराउँदै आएका रिजालको बिहीबार बिहान निधन भएको महानगर स्रोतले जनाएको छ ।
रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रीय सभापति समेत हुनुहुन्थ्यो । वडा नम्बर १६ बाट लगातार दुई वडाध्यक्ष बन्नु भएका रिजाल हक्की स्वभावका व्यक्ति हुनुहुन्थ्यो ।
रिजालको शव अहिले ११ बजेदेखि श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिने नेपाली कांग्रेसले जनाएको छ ।
उहाँको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने पनि बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्