
काठमाडौं । अमेरिकी सेनाको १२ सदस्यीय टोली बिहीबार नेपाल आउँदैछ ।
भक्तपुरको नगरकोटमा नेपाली सेनाको टोलीसँग हुने संयुक्त अभ्यासको सिलसिलामा अमेरिकी सेनाको टोली बिहीबार काठमाडौं आउन लागेको हो ।
संयुक्त सैन्य अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयहरुमा अनुभव तथा ज्ञान आदानप्रदान हुने नेपाली सेनाले जनाएको छ ।
४० औं संस्करणको संयुक्त सैन्य अभ्यास भदौ २४ गतेबाट असोज १२ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्