१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


सर्वदलीय बैठकको तयारी


559
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी गर्नुभएको छ ।

आज बिहिबार अपराह्न सर्वदलीय बैठक बस्ने तयारी भईरहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । टीआरसी विधेयक टुंग्याउन प्रधानमन्त्री दाहालले पछिल्ला दिनमा तीव्र पहल गरिरहनुभएको छ । बुधबार प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको थियो ।

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका जानुअघि नै टीआरसी विधेयकलाई टुंगो लगाउने मनस्थितिका साथ राजनीतिक छलफल तीव्र पार्नुभएको हो ।