
काठमाडौं । अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको एकदिवसीय क्रिकेट श्रृङ्खला बिहीबार देखि सुरु हुँदैछ ।
पहिलो खेल ब्लोमफोंटेनमा नेपाली समय अनुसार बिहीबारदेखि बेलुका पौने ५ बजे सुरू हुनेछ । दुई देशबीच पाँच खेलको एकदिवसीय श्रृङ्खला हुन लागेको हो ।
दोस्रो खेल ९,तेस्रो खेल १२,चौथो खेल १५ र पाँचौँ तथा अन्तिम खेल १७ तारिखमा हुनेछ । यसअघि भएको तीन खेलको टी–२० श्रृङ्खलामा पाहुना टोली अस्ट्रेलियाले क्लिन स्वीप गरेको थियो ।
अस्ट्रेलियाले विश्वकप अघि दक्षिण अफ्रिकासँग पाँच र भारतसँग तीन एकदिवसीय खेलको श्रृङ्खला खेल्न लागेको हो । भारतसँग सेप्टेम्बर २२, २४ र २७ तारिखमा खेल हुनेछ । एकदिवसीय विश्वकप आगामी अक्टोबर/ नोभेम्बरमा भारतमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्