२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेमाथि कडा कारबाही हुनुपर्छ : रमेश लेखक


104
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द यादवमाथि सांघातिक आक्रमण गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सो सांघातिक आक्रमणमा संलग्नमाथि कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको हो । उहाँले सो घटनाबारे तत्काल संसदलाई जानकारी गराउन पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सचेत गराउनुभयो ।

पार्टीका सहमहामन्त्री यादवको ज्यान मार्ने उद्देश्यले सो सांघातिक आक्रमण भएको जिकिर गर्दै प्रमुख सचेतक लेखकले त्यस घटनाप्रति निन्दा र भत्र्सना गर्दै त्यसको सत्यतथ्य विस्तृत रुपमा सरकारले छानविन गर्नुपर्ने समेत बताउनुभयो ।

प्रमुख सचेतक लेखकले सरकारले सो घटनाबारे प्रतिनिधि सभाको अर्को बैठकमानै संसदलाई जानकारी गराउनुपर्ने बताउनुभयो ।