
एजेन्सी । पूर्वी जेरुसेलममा प्यालेस्टाइन एक व्यक्तिले छुरा प्रहार गर्दा दुई जना घाइते भएका छन् ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा एक व्यक्ति पछाडिबाट आक्रमण गरिरहेको देखिन्छ ।
एक व्यक्ति पीडितलाई सहयोग गर्न गएपछि त्यहाँबाट छुरा प्रहार गर्ने व्यक्ति भागेको देखिन्छ ।
उक्त व्यक्ति १७ वर्षका रहेको र अहिले उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताइएको छ ।
छुरा प्रहार भएका व्यक्तिमध्ये एकको अवस्था गम्भीर रहेको र एकको अवस्था सामान्य रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्