१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वडाध्यक्ष रिजालको निधनमा काठमाडौं महानगरमा शुक्रबार शोक बिदा


793
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ ।

काठमाडौं महानगरपालिकाका प्रशासन विभागका प्रमुख दिपक अधिकारीका अनुसार वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले महानगरमा शुक्रबार शोक बिदा दिइएको हो ।

रिजालको काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान साढे ७ बजे निधन भएको थियो । अस्पतालकाअनुसार रिजाललाई दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया)को उपचारको क्रममा निधन भएको थियो ।