
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा तत्कालका लागि वैदेशिक रोजगारको विकल्प नभएको बताउनुभएको छ ।
मन्त्री भण्डारीले वैदेशिक रोजगार पीडादायक भएपनि मुलुकको आर्थिक अवस्था कमजोर भएकाले त्यसको विकल्प नभएको बताउनुभएको हो । बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयसम्बन्धि प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले वैदेशिक रोजगारमा नागरिकहरु जानुपर्ने बाध्यात्मक अवस्था भएको कारणले सरकारले उनीहरुलाई सम्मानित र यर्यादित ढंगले गन्तव्य मुलुक पठाउने काम गरिरहेको दाबी समेत गर्नुभयो ।
मन्त्री भण्डारीले उनीहरुलाई स्वदेशमै फर्काएर रोजगारीको अवसर दिलाउने गरी सरकारले आप्रवासन सम्बन्धि राष्ट्रिय नीति ल्याउने गरी आवश्यक काम गरिरहेको बताउनुभयो । त्यस्तै, मन्त्री भण्डारीले वैदेशिक रोजगार कम्पनीबाट ठगि हुन नदिनका लागि सरकारले श्रम विभागमार्फत अनुगमनको काममा कडाई गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्