१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राप्रपा एकतावद्ध छ : सांसद जबरा


208
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद पशुपति समशेर जबराले राप्रपा पार्टी एकतावद्ध भएको बताउनुभएको छ ।

बिहीबार संघीय संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीहरुसँग संक्षित कुराकानी गर्दै सांसद जबराले राष्ट्रिय प्रजातन्त्र पार्टी एकजुट रहेको बताउनुभएको हो । उहाँले राप्रपा एकतावद्ध रहेको भन्दै यसमा कुनै शंका गर्नु नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘कानून, बहुदलिय प्रजातन्त्र सबैले मान्नुपर्छ यो राप्रपाको मान्यता हो । पार्टी एकजुट छ । राप्रपा, राप्रपा छ । एकतावद्ध छ । यसमा कुनै शंकै छैन ।’

सांसद जबराले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गरिएकोप्रति निन्दा गर्नुभयो । आक्रमणकारी अपराधी भएको उहाँको भनाई छ ।