
पाल्पा । नेपाली सेनाले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा बिहीबार वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा निकालिएको छ ।
यस वर्ष २ सय ३ औं भगवती रथ यात्रा निकालिएको हो ।
पाल्पाली प्रशासकको रुपमा कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपालले विक्रम संवत १८७१/०७२ मा बुटवलको जीतगढीमा भएको अंग्रेजसँंगको युद्धमा विजय हासिल गरेको थियो ।
यहि सम्झनामा वि.सं.१८७७ देखि निरन्तर रुपमा प्रत्येक वर्ष पाल्पामा विजयोत्सव मनाउने परम्परा चल्दै आएको छ ।
घरेलु हात र सेनाको संख्या कम भएको अवस्थामा समेत बुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिर सिंह थापाले युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दुरजात्रा गर्ने भाकल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्