६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सुदूरपश्चिमको राजधानी र नाम फेर्न कसरत


14.963k
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी र नाम फेर्ने कसरत थालिएको छ ।

तत्कालीन नेकपाको पहिलो प्रदेश सरकारले तोकेको प्रदेशको गोदावरी राजधानी र नाम सुदू्रश्चिम प्रदेश फेर्न बर्तमान नेपाली कांग्रेस नेतृत्वको सरकारले छलफल थालेको हो ।

तत्कालीन माओवादी नेतृत्व (नेकपा ) को सरकारले तोकेको राजधानी र नाममा नेपाली कांग्रेसले त्यतिबेलै बिरोध जनाएर सडकमा उत्रेको थियो ।

तर, नेकपासँग दुईतिहाई बहुमत भएपछि २०७५ असोज १२ गते बसेको प्रदेशसभाको दोस्रो अधिवेशनको ४५ औँ बैठकले प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकाको वार्ड नं २ र ४ को क्षेत्रमा बनाउने र नाम सुदूरपश्चिम प्रदेश राख्ने गरेको थियो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।