२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


मालीमा सर्वसाधारण चढेको डुंगामा इस्लामिक विद्रोहीको आक्रमण


260
Shares

एजेन्सी । अफ्रिकी मुलुक मालीको उत्तरपूर्वी क्षेत्रमा इस्लामीक लडाकूहरूले आक्रमण गर्दा डुंगामा सवार ४९ सर्वसाधारण मारिएका छ ।

मालीको अन्तरिम सरकारका अनुसार गाओ शहरबाट मोप्ती जाने नाइजर नदीमा डुङ्गाको यात्रा गरिरहेको बेला उग्रवादीहरूले आक्रमण गरेका हुन् ।

लडाकुहरुले एउटा सैन्य शिविरमा पनि आक्रमण गर्दा १५ जना सैनिक मारिएको खबर छ । दोहोरा फायरिङमा झण्डै ५० जना लडाकु मारिएको दाबी माली सरकारले गरेपनि यसको स्वतन्त्र पुष्टी भएको छैन । डुंगामा सवार सर्वसाधारण मारिएपछि मालीको जुन्ता सरकारले तिन दिने राष्ट्रिय शोक घोषणा गरेको छ ।

मालीमा सन् २०२० देखि सैनिक शासकले शासन गरिरहेका छन् । तीन वर्षअघि तत्कालीन राष्ट्रपति इब्राहिम बौबाकर केइटाको विरुद्धमा व्यापक प्रदर्शन भएपछि सेनाले सत्ता कब्जा गरेको थियो । तर त्यसयता पनि मालीमा सुरक्षा व्यवस्थामा सुधार आउने सकेको छैन भने सेनाप्रतिको समर्थन पनि घट्दै गएको छ ।