
काठमाडौं । बागमती प्रदेश सरकारले चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा प्रदेश अन्तर्गतका तीन जिल्लामा शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चेपाङ समुदायको वाहुल्यता रहेका मकवानपुर, धादिङ र चितवनमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको प्रदेशका मकवानपुर, चितवन र धादिङमा शुक्रबार सार्वजनिक बिदा छ ।
चेपाङ समुदायको बाहुल्यता रहेका जिल्ला क्रमश धादिङ, मकवानपुर र चितवनमा उनीहरूले न्वागी पर्व आ–आफ्नो क्षमताअनुसार मनाउँदै आएको प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका पूर्वराज्यमन्त्री सन्तराम चेपाङ बताउनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्