
स्याङ्जा । स्याङ्जाको वालिङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
वालिङ नगरपालिका– ६ स्थित रसखोलामा माछा मार्ने क्रममा स्थानीय ३६ वर्षीय यमबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
माछा मार्न पानीमा करेन्ट छाड्दा घाइते भएका थापाको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
माछा मार्न उनीसंगै गएका अन्य चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्