
तेह्रथुम । तेह्रथुमको बसन्तपुर देखी गुफापोखरी सडक खण्डको अनावश्यक ठाँउमा ग्याबिङ जाली लगाईएको भन्दै स्थानीयबासीले विरोध जनाएका छन् ।
बसन्तपुर देखी गुफापोखरी हुदै किमाथाङका जोड्ने मदन भण्डारी राजमार्गको विभिन्न क्षेत्रमा धमाधम काम भईरहेको छ । यो सडक खण्ड अन्तर्गत टुटेदेउराली क्षेत्रमा झण्डै ४० लाख रुपैयाँ बराबरको ग्याबिङ तारजाली भरिएको छ ।
सडकलाई चौडा गर्न भित्तापट्टिको भाग कटान गर्दा सस्तो मुल्यमा हुने काम सडकको तल्लो भागमा अनावश्यक हिसाबले लाखांैको जाली भरिएको भन्दै स्थानीयबासीले बिरोध गरेका हुन । ईन्जीनियर र ठेकेदारको मिलेमतोमा राज्यबाट आएको कोषलाई दुरुपयोग गरेकाले विरोध गरेको स्थानीय छिरिङ लामाले बताउनुभयो ।
सडकका कर्मचारीले अनावश्यक ठाँउमा बजेट छुट्ट्याएको भन्दै स्थानीयबासीले स्थानीय तह र जिल्ला समन्वय समिति तेह्रथुमको ध्यानाकर्षणसमेत गराएका छन् । ३५ हजारले हुने कामलाई लाखौं बजेट खर्चिएर सडकका ईन्जीनियर र ठेकेदारले नितीगत भ्रष्टचार गरेको जिल्ला समन्वय समिति तेह्रथुमका उपप्रमुख श्री प्रसाद कार्कीले बताउनुयो ।
सडक डिभिजन कार्यालय धनकुटा अन्र्तगत पुर्वाधारका कार्यहरु भईरहेको छ । त्यसैगरी मंगलबारे,चौकी, गुफापोखरी, संखुवासभा र धनकुटाको अधिकांश क्षेत्रमामा आनावश्यक तारजाली लगाएर बजेटको दुरुपयोग गरीएको छ ।
सडक कालोपत्रे तथा स्तरउन्नतीका अन्य कुनैपनि कार्य गर्दा सडक डिभिजन कार्यालयले वनसँग समन्वय नगरेको सामुदायिक वनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्