२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मोरक्कोमा गएको भूकम्पमा परि २ सय ९६ जनाको मृत्यु


11.791k
Shares

एजेन्सी । मोरक्कोमा शुक्रबार राति सवा ११बजे गएको भूकम्पमा अहिलेसम्म मृत्यु हुनेको संख्या २ सुय ९६ पुगेको छ ।

मोरक्कोमा शक्तिशाली ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । १८.५ किलोमिटरको गहिराइ केन्द्रबिन्दु पारेर गएको भूकम्प सुरुमा ३१.११ डिग्रि उत्तर अक्षांश र ८.४४ डिग्रि पश्चिम देशान्तरमा र माराकेसको लगभग ७० किलोमिटर दक्षिणपश्चिम केन्द्रबिन्दु पारेर गएको बताइएको छ ।

भूकम्पपछि उत्तरी मोरक्कोको फेस शहरका बासिन्दाहरु सम्भावित पराकम्पहरुको चिन्तामा छन् । कतिपय मानिस घर छोडेर सडकमा निस्किएका छन् । रबात र कासाब्लान्का लगायत मोरक्कोका धेरै शहरहरुमा भुक्म्पको धक्का महशुस गरिएको थियो ।

तरौडान्ट र माराकेस शहरहरुमा भूकम्पका कारण धेरै घरहरु भत्किएका छन् ।