७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


चीनमा सय भन्दा बढी सेतो ओठ भएको हिरण फेला


12.974k
Shares

एजेन्सी । उत्तरपश्चिम चीनको ग्रान्स प्रान्तस्थित किलियन माउण्टेन नेशनल नेचर रिजर्भमा सय भन्दा बढी सेतो ओठ भएको हिरणहरु फेला परेका छन् ।

सेतो ओठ भएको हरिण पहिलो श्रेणीको राष्ट्रिय सुरक्षा अन्तर्गत पर्दछ । यो प्रजाति ३ हजार देखि ५ हजार मिटरसम्मको उचाईमा बस्छ ।

यो मुख्यतया छिङहाई तिब्बत पठार र त्यस वरपरका क्षेत्रमा उच्च स्थानका घाँसे मैदानहरुमा पाइन्छ ।

यसलाई प्रकृति संरक्षणको लागि अन्तर्राष्ट्रिय संघ (आइयुसीएन) ले लोपोन्मुख जनावरमा राखेको छ ।