१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महिलाद्वारा उत्पादित सामग्री विदेश निर्यात गर्ने व्यवस्था गर्न सरकारसँग महिला उद्यमीहरुको माग


130
Shares

काठमाडौं । कोभिड महामारीपछि महिला उद्यमी मेलामा नेपालमा नै उत्पादित सामग्रीहरु प्रदर्शनमा बसेका महिला उद्यमीहरुले सरकारसँग यस्तो माग गरेका हुन् ।

महिला उद्यमीहरुले कोभिड महामारी र विश्वव्यापी आर्थिक मन्दीका कारण साना तथा मझौला उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरुले बजार पाउन नसकिरहेको भन्दै सरकारले विदेश निर्यात गर्ने वातावतरण सिर्जना गर्न आवश्यक रहेको बताए ।

उनीहरुले सरकारले नेपाली कच्चा पदार्थबाट निर्मित नेपाली ब्राण्डलाई प्रोत्साहन गर्न नसकेको गुनासो गरे । महिला उद्यमीहरुले उद्यमीहरुलाई राज्यले सहुलियतमा ऋण र सीपमुलक तालिम दिन आवश्यक रहेको बताए । महिला उद्यमीहरुले नेपालमै उत्पादित कच्चा पदार्थहरुबाट बनेका विभिन्न सामग्रीहरुलाई सरकारले सहज रुपमा स्वदेश तथा विदेशमा बजारिकरणको व्यवस्था गर्न आवश्यक रहेको औंल्याएका छन् ।

उनीहरुले नेपाली कच्चा पदार्थबाट हस्तनिर्मित सामान, ढाकाका कपडा, अल्लोका कपडा, बाँसका सामग्री, चाँदीका गरगहना, चियापत्ति विदेश निर्यात गर्ने सरकारले सहज व्यवस्था गरे महिला उद्यमीहरुको संरक्षण र प्रवद्र्धन हुने विश्वास रहेको उल्लेख गरे । महिला उद्यमीहरुले उत्पादन गरेका नेपाली कच्चा पदार्थबाट हस्तनिर्मित सामानहरु विश्व बजारमा पुर्‍याउन सके मात्रै मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताए ।

उहाँले सरकारले साना र मझौला महिला उद्यमीहरुले उत्पादन गरेको सामग्री नेपालमा नै खपत गर्न राज्यदेखि सबै नेपाली नागरिक लाग्न आवश्यक रहेको उल्लेख गर्नुभयो । सञ्चालक चित्राकारले महिला उद्यमीहरुले नेपाली कच्चा पदार्थबाट उत्पादन गरेका अर्गानिक सामग्रीहरुलाई विश्व बजारमा पुर्‍याउनसके नेपाली सीप,कला र सामग्री अन्तर्राष्ट्रिय बजारमा चिनारी हुनसक्ने बताउनुभयो ।

उहाँले नेपालीहरुले नेपालको सगरमाथा र नेपाली भनेर मात्रै नभएर नेपाली उत्पादनलाई पनि सबैले माया गर्न सक्नुपर्ने धारणा राख्नुभयो । सबै अर्गानिक वस्तुहरु संकलन गरेर विभिन्न सामग्रीहरु उत्पादन गर्ने महिला उद्यमीहरुको केही मूल्य नभएको गुनासो गर्नुभयो । उहाँले नेपाली महिलाहरुले उत्पादन गरेका अर्गानिक वस्तुहरु विदेशीमा निर्यात गराएर साना उद्यमीहरुको व्यापार राज्यले बढाई दिनुपर्ने बताउनुभयो ।