५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


कोशी प्रदेश सरकारले बजेट सम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने


156
Shares

काठमाडौं । कोशी प्रदेश सरकारले बजेट सम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको अध्यादेश प्रदेशसभाबाट पारित नभई स्वतः निष्क्रिय भएपछि पुनः अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेश आर्थिक अध्यादेश २०८० र स्रोतगत तथा कार्यक्रमगत विवरणसहितको विनियोजन अध्यादेश २०८० जारी गर्न प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले मन्त्रालयगत रूपमा प्राप्त बजेट सम्बन्धी सूचनालाई बजेट प्रणालीमा परिमार्जन तथा समावेश गर्ने निर्णय बैठकले गरेको छ । मन्त्रिपरिषद्को बैठकले अर्को व्यवस्था नभएसम्मका लागि पूर्वाधार विकासमन्त्री मेन्याङ्बोलाई सरकारको प्रवक्ता तोक्ने निर्णय पनि गरेको छ ।