
काठमाडौं । कोशी प्रदेशमा पुनः बजेट सम्बन्धी अध्यादेश आइतबार जारी गरिएको छ ।
अध्यादेश जारीसँगै प्रदेशमा भदौ ११ गतेदेखिको बजेट शून्यता अन्त्य भएको हो । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा २०२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश आर्थिक अध्यादेश २०८० र प्रदेश विनियोजन अध्यादेश २०८० जारी गरेको बताइएको छ ।
सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त हुनुभएका हिक्मतबहादुर कार्की नेतृत्वको सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले बजेट सम्बन्धी अर्को अध्यादेश ल्याउन प्रदेश प्रमुख पर्शुराम खापुङ्समक्ष शनिबार सिफारिस गरेको थियो ।
यसअघि कार्की नेतृत्वको सरकारले जेठ ३२ गते चालू आर्थिक वर्षका लागि बजेट सम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशको प्रतिस्थापन विधेयक निवर्तमान मुख्यमन्त्री उद्धव थापाले ल्याउन नसकेपछि भदौ ११ गतेदेखि प्रदेश बजेट शून्यतामा गएको थियो ।
यसअघि ल्याएको बजेटमा कुनै फेरबदल नगरी जस्ताको त्यस्तै ल्याइएको आर्थिक मामिला तथा योजन मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नुभएका मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्