२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


कोशी प्रदेश सरकार गठनका लागि कांग्रेससँग छलफल भइरहेको ज्ञवालीको भनाई


429
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेश सरकार गठनका लागि कांग्रेससँग छलफल भइरहेको जानकारी दिनुभएको छ ।

सिंहदरबारमा आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाउनुभएको बैठकमा उपमहासचिव ज्ञवालीले पहिलादेखि नै कांग्रेस र एमाले मिलेर कोशी प्रदेश सरकार निर्माण गर्नुपर्छ भनेको भएपनि ठूलो पार्टीलाई निषेध गरी संविधान मिच्ने काम सत्ता गठबन्धनबाट भएको टिप्पणी गर्नुभयो ।

उहाँले प्रदेशप्रतिको वितृष्णा बढेर जाने र नयाँ चुनावमा जानुपर्ने स्थिति अहिले नै आउँदा देशको अर्थतन्त्रमा समस्या पर्ने भएकाले कांग्रेसले समाधानको बाटोमा जानुपर्ने तर्क गर्नुभयो ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका उपमहासचिव ज्ञवालीले प्रधानमन्त्रीको उच्चस्तरीय भ्रमणको क्रममा यसअघि भएका सम्झौता कार्यान्वयनमा जोड दिन र चीनसँग विश्वास बटुलेर आउन सुझाव दिएको जानकारी समेत दिनुभयो ।