२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बंगलादेशमा चीनद्वारा निर्मित १७२ किलोमिटर लामो रेल मार्ग सञ्चालनको तयारीमा


1.183k
Shares

एजेन्सी । बंगलादेशमा चीनद्वारा निर्मित पद्या पुल हुँदै बनेको मेगा रेल्वे अर्को महिना उद्घाटन हुने भएको छ ।

चीनद्वारा निर्मित यात्रुवाहक डिब्बासहितको रेल्वे सेवा नवनिर्मित रेल लाइनमा सञ्चालन गरी परीक्षण गरिएको हो ।

बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतको १७२ किलोमिटर लामो रेलमार्ग चाइना रेल्वे ग्रुप लिमिटेड (सिआरईसी) ले निर्माण गरेको हो । यसमा एक्सपोर्ट—इम्पोर्ट बैंक चाइनाको लगानी छ । रेलमा बंगलादेशका रेलमन्त्री नुरुल इस्लाम सुजन, वरिष्ठ अधिकारी, सांसद र पत्रकारहरु सवार थिए । बंगालादेश र चीन बीचको आर्थिक सम्बन्ध राम्राे रहेको र भविष्यमा अझै सहयोग हुने अपेक्षा गरेको बंगाली सांसद सैफुज्जमान शिखरले बताउनु भयो ।

उहाँले बंगलादेशका लागि यो क्षण ऐतिहासिक भएको भन्दै विगतको सपना अहिले पूरा भएको बताउनुभयो । त्यस्तै साढे ५ वर्ष पछिको मेहनतबाट आयोजना सफल भएकोमा पद्या रेल लिंक परियोजनाका परियोजना निर्देशक शि युआनले खुशी व्यक्त गर्नुभयो । उहाँले शनिवार रेलमार्ग परीक्षण गरेको र अर्को महिनाबाट उद्घाटन हुने बताउनुभयो । शनिबार ६ सय यात्रु बोकेर रेल गन्तव्यमा पुगेको थियो । १७२ किलोमिटर पार गर्न करिव २ घण्टा लाग्ने बताउनुभयो ।

रेल्वे सञ्चालनपछि बंगलादेशको आर्थिक विकासलाई बढावा दिने विश्वास उनीहरुको छ ।