
काठमाडौं । पछिल्ला दिन निरन्तरजसो वियरिष ट्रेण्डमा रहेको शेयर बजारमा यो साताको सुरुको दिन दोहोरो अंकको सुधार आएको छ ।
उतार चढावबीच बजार परिसूचक नेप्से १० अंकले उकालो लागेर १९ सय ४२ कायम भएको हो ।
अधिकांशजसो समूह हरियो रहँदा अर्बमाथिको कारोबार भयो । यसदिन मात्र जलविद्युत कम्पनी झिनो अंकले रातो रहेबाहेक बाँकी समूह सकारात्मक रहे । व्यापार समूह सबैभन्दा उच्च डेढ प्रतिशत बढीले उकालो लाग्दा होटल तथा पर्यटन समूहमा १ प्रतिशतमाथिको वृद्धि आयो ।
वित्त समूह पनि १ प्रतिशतले सुधारियो । बाँकी मध्ये बढीजसो समूह दोहोरो अंकले सकारातत्मक रहे । यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय ७६ कम्पनीको ४३ लाख १४ हजार कित्ता शेयर १ अर्ब ७ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यसदिन १ सय ५२ कम्पनीको मूल्य बढ्दा ६६ कम्पनीको घट्यो ।
यसदिन सूर्योदय ओमी लघुवित्त, शुभप पावर, न्यादी हाइड्रो र मेन्छियम हाइड्रोका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भए ।
प्रतिक्रिया दिनुहोस्