
कपिलवस्तु । शिवराज नगरपालिका १ शिवपुरको बनकसबासामा रुख चढेर घाँस काट्ने क्रममा करेन्ट लागेरा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अन्दाजी ५० वर्षका धन बहादुर थापा रहेका छन् । उनले विगत केही समय देखि स्थानीयहरूलाई घाँस दाउरा दिएर जिकिकोपार्जन गर्दै आइरहेका थिए ।
बिहान पानी परिरहेको समय रुखमा चढ्दा उन्लाई करेन्ट लागेको स्थानीयले बताएका छन् ।
थापाको शवलाई पोष्टमार्टको लागि जिल्ला अस्पताल तौलिहवा लगिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्