
सर्लाही । राष्ट्रिय मुसहर संघले इमेज च्यानलका सर्लाही प्रतिनिधि प्रकाश मैनालीलाई सम्मान गरेको छ ।
बहुसंख्यक दलित समुदायबारे समाजमा जनचेतना फैलाउन समाचार लेखी योगदान पुर्याएको भन्दै संघले मैनालीलाई सम्मान गरेको हो ।
जिल्लाको विभिन पालिकामा संचालन गरिएको सरकारको लैंगिक उत्तरदायी सुशासन प्रर्वद्धन कार्यक्रम संम्बन्धि समाचार लेखेबापद मैनालीलाई आइतबार एक कार्यक्रमबिच प्रशंसा–पत्र सहित सम्मान गरिएको हो ।
२०६८ सालको राष्ट्रिय शिक्षा सुचकांकको आधारमा करिव ६ दशमलब.९ प्रतिशत मात्र मुसहर साक्षर देखिन्छ । विद्यालयमा भर्ना भएका मध्ये करिव १० प्रतिशत मात्र विद्यालयमा नियमित रहुदैआएको तथ्याङकले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्