१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


समाजवादी गणतन्त्र बनाउन सबै कम्युनिष्टहरु एक ठाउँमा आउनुपर्छ : प्रधानमन्त्री


390
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादी गणतन्त्र बनाउन सबै कम्युनिष्टहरु एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ ।

आइतबार मकवानपुरको हेटौंडामा आयोजित समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कम्युनिष्टहरु विभाजित मात्रै हुन्छन् भन्ने भाष्य बनाउन खोजिएको भन्दै कम्युनिष्टहरु आवश्यकता पर्दा एकजुट भएर साझा समस्याका विरुद्ध, साझा दुश्मनका बिरुद्ध लड्न त्यत्तिकै सिपालु छन् भन्नेकुरा सावित गर्नुपर्ने बताउनुभयो ।

उहाँले कम्युनिष्ट आन्दोलनका विगतका कुरालाई कोट्याएर नभइ सबै कम्युनिष्टहरुका भंगाला एक हुनुपर्ने बेला आएको बताउनुभयो । उहाँले कम्युनिष्ट समूहहरु अब बिस्तारै फेरि एउटमै मुलधार, केन्द्रमा एउटै धारामा समाहित हुने परिस्थिति बनेको बताउनुभयो । उहाँले एकले अर्कोलाई अपमानित गर्ने, अनुभवलाई तिरस्कार र नजरअन्दाज गर्न नहुने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले निरंकुश राजतन्त्रवादीहरुले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुलेआम खुकुरी प्रहार गर्ने घटना सामान्य नभएको बताउनु भयो । उहाँले कम्युनिष्ट कमजोर हुँदा विपक्षीहरुले शिर उठाउने कुचेष्टा गरिरहेको बताउनुभयो । उहाँले समाजवादी मोर्चाले केही समयपछि राष्ट्रियता, जनजीविकाको विषयलाई लिएर लाखौँ जनतालाई सडकमा उतार्ने बताउनु भयो ।

प्रधानमन्त्री दाहालले भ्रष्टाचारबिरुद्धका फाइल खोलेर कारबाही गर्नेकुरा एउटा प्रधानमन्त्रीले नसकिने बताउनुभयो । उहाँले आफूले देशमा समृछिको लडाईं छेडेको र कति समय प्रधानमन्त्री हुन्छु भन्ने डर नभएको बताउनुभयो ।