१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मोरोक्कोमा भुकम्पको भग्नावशेषमा च्यापिएकाको उद्धार कार्य जारी


247
Shares

एजेन्सी । मोरोक्कोमा गत शुक्रबार गएको भुकम्पको भग्नावशेषमा च्यापिएकाहरुको उद्धार कार्य जारी छ ।

भुकम्पमा परी ज्यान गुमाउनेको संख्या हालसम्म २१ सय बढी पुगेको छ भने २ हजार बढी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

मोरोक्कोका अस्पतालहरु घाइतेहरुले भरिएका छन् । भग्नावशेषमा च्यापिएकाहरुको खोजीमा हजारौं उद्धारकर्मी परिचालन गरिएका छन् । उद्धारका लागि आवश्यक सामानको अभाव हुँदा सर्वसाधारणले हातैले भत्केका संरचना पन्छाईहराइरहेका छन् ।

त्यहाँको सरकारले भुकम्प पिडीतहरुलाई उचित राहतको व्यवस्था गर्न नसक्दा उनीहरुको बिचल्ली भएको समाचारमा उल्लेख छ । सयौं पीडितहरु भोकभोकै बस्न बाध्य छन् भने खानेपानीको पनि अभाव भएको छ ।

भुकम्पले मोरोक्कोको दक्षिणी क्षेत्रमा रहेको पहाडी गाउँ पुरै समतलमा परिणत भएको छ ।