२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पहिरोको कारण जयपृथ्वी राजमार्ग अवरूद्ध


546
Shares

काठमाडौं । निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट आइतबार दिउँसो ठूलो ढुङ्गा खस्दा उक्त राजमार्ग अवरूद्ध भएको हो।

राजमार्ग अवरुद्ध भएपछि ढुङ्गा फुटाल्न ठूलो मेसिन प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडी हुँदै बझाङ जाने र बझाङबाट बाहिरिने यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित हुनुका साथै बाढी र पहिरोको जोखिम बढाएको हो ।