१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपालगञ्ज विमानस्थलमा स्रोत नखुलेको २६ लाख रुपैयाँसहित सरकारी कर्मचारी पक्राउ


3.172k
Shares

काठमाडौं । नेपालगञ्ज विमानस्थलमा स्रोत नखुलेको २६ लाख रुपैयाँसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् ।

आन्तरिक राजस्व कार्यालय तुल्सीपुर, दाङमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

श्री एयरमार्फत काठमाडौं जान लागेका सापकोटाको विमानस्थलमा सुरक्षा जाँचका क्रममा झोलामा ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सोमबार बिहान साढे ७ बजे पक्राउ परेका सापकोटालाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरीले अख्तियारको जिम्मा लगाउने बताइएको छ ।