१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


सुनसरीमा एक बालकको डुबेर मृत्यु


299
Shares

काठमाडौं । सुनसरीको रामधुनीमा एक बालकको डुबेर मृत्यु भएको छ ।

रामधुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका एक वर्षका छोरा अमर मन्सुर खेल्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेका थिए ।

डुबेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।