१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


परासीमा सैन्य आधार तालिमबाट ९५ जना सिपाही दीक्षित


325
Shares

नवलपरासी । नवलपरासीको परासीस्थित गोरखदल गणमा सञ्चालित सैन्य आधार तालिमबाट ९५ जना नेपाली सेनाका सिपाही दीक्षित भएका छन् ।

सोमबार एक कार्यक्रममा उनीहरुलाई २२ नं बाहिनी अड्ढा बुटवलका सहायक बाहिनी पति खेमराज शर्माले दीक्षित गर्दै सेवा प्रवेश गराउनु भएको हो ।

९ महिनासम्म सञ्चालन भएको तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई निर्देशन दिदैं सहायक बाहिनी पति शर्माले राष्ट्रले योग्य व्यक्तिका रुपमा छनौट गरेकाले कार्य क्षेत्रमा खटिदा राष्ट्र, नेपाली जनता र नेपाली सेनाको शिर उच्च राख्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।