१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


युरोकप छनौटमा पोर्चुगलको ९ गोल


7.527k
Shares

काठमाडौं । युरोपक फुटबलको छनौट खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई ९–० ले हराएको छ ।

सोमबार राति पोर्चुगलमा भएको खेलमा घरेलु टोलीलाई फराकिलो जित दिलाउन गोन्कालो रामोस, गोन्काले इनासियो र डिएगो योटाले दुई दुई गोल गरे । यसैगरि रिकार्डो होर्टा, बर्नार्डो सिल्भा र हुँवा फेलिक्सले एक एक गोल थपे ।

यही समुहका अन्य खेलहरुमा सोमबार राति स्लोभाकियाले लिचेस्टाइनलाई ३–० ले हराउँदा आइसल्याण्डले बोस्नीयालाई १–० ले पराजित गर्‍यो । यो समुहमा ६ खेलबाट पोर्चुगलको १८ अंक भएको छ भने स्लोभाकियाको १३ तथा लक्जेम्बर्गको १० अंक भएको छ ।

युरोकप छनौटकै समुह डि को खेलमा सोमबार राति वेल्सले लात्भियालाई २–० ले हराएको छ । यही समुहको अर्को खेलमा क्रोएसियाले अर्मेनियालाई १–० ले पराजित गर्‍यो ।