
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ ।
४४ वर्षीया यादवको मंगलबार बिहान साढे ८ बजे निधन भएको हो । उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा यादवको निधन भएको बताइएको छ ।
पाठेघरको मुखको क्यान्सरबाट पीडित यादवको लामो समयदेखि उपचार चलिरहेको थियो। बिगत १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा यादव भर्ना हुनुहुन्थ्यो ।
समानुपातिक सांसद रहनु भएकी यादवको पार्थिव शरीरलाई पार्टीको प्रादेशिक कार्यालयमा लगिँदैछ।
प्रतिक्रिया दिनुहोस्