१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


हुम्लामा अक्सिजन केन्द्र स्थापना


143
Shares

काठमाडौं । हुम्लाको सिमकोटस्थित जिल्ला अस्पतालमा अक्सिजन उत्पादन केन्द्र स्थापना गरिएको छ ।

अस्पताल परिसरमा अक्सिजन उत्पादन केन्द्र स्थापना भएपछि अस्पतालको सबै सैय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउन थालिएको छ । प्रदेश सरकारको लागतमा स्थापना गरिएको केन्द्रबाट अस्पतालका सबै सैय्यामा अक्सिजन पाइप जडान गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले बताउनुभयो ।

पाइपबाट शैय्या सैय्यासम्म नै अक्सिजन आपूर्ति हुन थालेपछि श्वासप्रश्वास, सघन उपचार कक्षमा राख्नुपर्ने, दमलगायत बिरामीको उपचारमा सहज भएको छ ।

दुर्गम स्थानमा अक्सिजन केन्द्र स्थापना भएपछि अक्सिजन दिएर राख्नुपर्ने बिरामीका लागि पनि सिलिण्डर भर्न नेपालगञ्ज वा सुर्खेत पठाउनुपर्ने बाध्यता पनि हटेको छ ।