२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025


दाङमा निःशुल्क पढाई हुँदा विद्यार्थीको आकर्षण


1.222k
Shares

दाङ । आर्थिक अभावका कारण बीचैमा पढाई छाड्न बाध्य भएका दाङका विद्यार्थीहरूले अहिले निःशुल्क पढ्न पाएका छन् ।

तुलसीपुर ६ मा रहेको माध्यामिक विद्यालय तुलसीपुर सेन्टरले २४ महिने आइटी र इलेक्ट्रिकलमा निः शुल्क पढाउन थालेपछि विद्यार्थीहरू खुशी भएका हुन् । अंग्रेजी र नेपाली माध्यमबाट पढाई हुदै आएको विद्यालयमा अहिले २ हजार ५ सय विद्यार्थीहरू अध्ययन गर्दै आएका छन् ।

पाँच बर्ष अगाडी १२ कक्षा पास गरे पनि आर्थिक अवस्थाका कारण पढ्न नसकेकी तुलसीपुर १५ की रीमा नेपाली पनि तुलसीपुर सेन्टरमा पढी रहेकी छन् । केही दिन अगाडि वडा कार्यालयले मावि तुलसीपुर सेन्टरमा निःशुल्क पढ्ने व्यवस्था गरेपछि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुले निःशुल्क शिक्षा लिने अवसर पाएको बिद्यालयका प्रधानाध्यापक भागवत् पौडेलको भनाई छ ।

तुलसीपुर १९ बिजौरीकी कृष्णी रोकाले पनि कक्षा १२ पढेर छाडे पनि अहिले पुनः निःशुल्क पढ्न थालेकी छन् । पढ्ने इच्छा हुँदा पनि आर्थिक अभावका कारणले पढाइ बीचमै छाडेका बिद्यार्थीहरु अहिले धमाधम निःशुल्क पढी रहेका छन । मावि तुलसीपुर सेन्टरमा स्विस सरकारको सहयोगमा २४ महिने प्रि– डिप्लोमा औद्योगिक प्रशिक्षण तालिम गत वर्षदेखि शुरु भएपछि अहिले निःशुल्क कक्षा सुरु गरिए हो ।