
ललितपुर । नेकपा एमालेले पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालयको आकस्मिक बैठकले सो निर्णय गरेको हो । त्यसैगरी पार्टी तथा जनवर्गीय संगठनका औपचारिक कार्यक्रम ३ दिन स्थगित गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । पार्टीको तर्फबाट असोज २ गते श्रद्धाञ्जली सभाको आयोजना गरिने पनि ज्ञवालीले जानकारी दिनुभयो । बैठकले नेम्वाङको निर्वाचन क्षेत्रमा शोक पुस्तिका राख्ने पनि निर्णय गरेको छ ।
आकस्मिक बैठकले नेम्वाङको अप्रत्याशित निधनप्रति विशेष शोक प्रस्ताव पारित गरेको छ । एमाले उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष नेम्वाङको हृदयाघातबाट गएराति निधन भएको हो ।
प्रतिक्रिया दिनुहोस्