
काठमाडौं । कर्णाली प्रदेशको मुगु विद्यतुको राष्ट्रिय प्रणालीमा जोडिएको छ ।
नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मामा ट्यापिङ गरेपछि सदरमुकाम गमगढीसम्म केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको हो । प्राधिकरणले ४ सय किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रहरुमा विद्युत आपूर्ति गर्दै आएको थियो । मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै ७७ वटा जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत पुगेको छ । हुम्लामा भने राष्ट्रिय प्रसारण लाइन जोडिन बाँकी छ ।
मुगुको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन गमगाडमा ११ केभीको लाइनलाई ३३ केभीमा स्तरोन्नति कार्य भइरहेको प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियत यादवले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्