
एजेन्सी । पूर्वी लिबियामा आइतबार आएको बाढीका कारण २ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ ।
बाढीमा परी हजाराैँ मानिसहरु बेपत्ता भएको लिबियाका प्रधानमन्त्री ओसामा हम्मादले बताउनुभएको हो ।
स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीम हम्मादले धेरै मृत्यु बन्दरगाह शहर डेरनामा भएको बताउनुभयो । उहाँले देशभरका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई उद्धार कार्यमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।
त्यस्तै, उपप्रधानमन्त्री अली अल गात्रानीले अन्तर्राष्ट्रिय सहायताको लागि आह्वान गर्नुभयो । स्थानीय प्रशासनले मृतकको सम्झनामा तीन दिने शोक घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्